FAQs Complain Problems

समाचार

नासाेँ गा.पा.-८ न‌ं. वडा, ताचै गाउँ

Read More

नासोँ गा.पा-१, ताल गाउँको दृश्य

Read More

Ponkar lake, नासोँ गा‍.पा.-७

Read More

नासोँ गा‍.पा.को वडा नं. २ मा अवस्थित डोना ताल

Read More

नासोँ गा.पा.को वडा नं. ७ मा अवस्थित भिमथाङ गाउँ

Read More

नासाेँ गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ ।

नासोँ गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानीय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको ४ नं. प्रदेश अन्तर्गत मनाङ जिल्लाको तल्लो भेगमा अवस्थित छ । साविकका धारापानी‚ ताचैवगरछाप र थोँचे गाविस लगायत ३ वटा गा.वि.स.हरु यसमा समावेश भएका छन । ७०९.५८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नासोँ गाउँपालिकाको जनसंख्या वि.सं. २०६८ को जनगणना अनुसार १९३८ रहेको छ । यस गाउँपालिकाको पूर्वमा गोरखा जिल्ला, पश्चिममा चामे गाउँपालिका र लमजुङ जिल्ला, उत्तरमा नार्पा भूमी गाउँपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा लमजुङ जिल्ला रहेका छन । यस नासोँ गाउँपालिकामा ९ वटा वडाहरु रहेका छन भने यसको केन्द्र नासोँ ३ स्थित साविक धारापानी गा.वि.स.को कार्यालय (२१६० मि.) मा रहेको छ । नासोँ गाउँपालिका नेपालको संघीय संरचना अन्तर्गत प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको मनाङ जिल्ला अन्तर्गतको प्रदेश सभा “क” निर्वाचन क्षेत्र भित्र पर्दछ । यस क्षेत्र पर्यटकीय पदयात्राका दृष्टिकोणले महत्वपुर्ण रहेको छ । वर्षेनि हजारौँको संख्यामा स्वदेशी र विदेशी पर्यटकहरु मनाङ जिल्ला प्रवेश गर्ने द्वारको रुपमा यस गाउँपालिकालाई लिन सकिन्छ । अन्नपुर्ण संरक्षण क्षेत्र पदयात्रा, लार्केपास मनासलु पदयात्रा तथा माथिल्लो मनाङ पदयात्राका लागि यस गाउँपालिका क्षेत्र भएर यात्रा गर्नुपर्दछ । यस गाउँपालिका भित्र पर्यटकको सेवालाई मध्यनजर राख्दै विभिन्न सुविधासम्पन्न होटल, लज तथा गेष्टहाउसहरु सञ्चालनमा छन् । ग्रामीण भेग भएका कारण शहरी सुविधा भन्दा पनि गाउँले परिवेशमा रमाउने तथा पदयात्राको मज्जा लिन चाहने प्रकृतिप्रेमीका लागि मनाङ अनुपम गन्तब्य हो । यस गाउँपालिकामा विशेष गरी वौद्ध र हिन्दु धर्म मान्ने धर्मावलम्बीको हिस्सा उच्च रहेको पाउन सकिन्छ । गुरुङ जातीको बाहुल्यता भएपनि पुनेल, वि.क.लगायतका जातीहरु पनि रहेको यस गाउँपालिकाका अधिकांश जनताले गुरुङ भाषा बोल्ने गर्दछन् । बेशीसहर–चामे सडक खण्डमा पर्ने यस गाउँपालिकामा सडक यातायातले छोएपनि कच्ची साँघुरो र अत्यन्तै अप्ठ्यारो ग्रामीण सडक भएका कारण यात्रा गर्न त्यति सहज भने छैन । सञ्चारको हिसाबले नेपाल टेलिकमको जि.एस.एम. र सि.डी.एम.ए.मोबाईल सेवाको सुविधा पुगेको अवस्था छ भने प्राईभेट कम्पनीहरुले ईन्टरनेट सेवा पुर्याइरहेका छन् । एकाध ठाउँमा बाहेक अधिकांश जनताले विद्युतको सुविधा उपभोग गरीरहेका पाउन सकिन्छ । खानेपानी तथा सरसफाईको अवस्थालाई हेर्दा कुल जनसंख्याको करिब आधा हिस्साले यो सुविधा उपभोग गरिराखेको अवस्था छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भने आशातीत रुपमा विकाश हुन सकेको छैन । कृषियोग्य जमिनको उपलब्धता अत्यन्तै कम रहेको कारण यहाँ कृषि उपज उत्पादन ज्यादै न्युन भएतापनि पशुपालन व्यवसायलाई भने यहाँका कृषकहरुले केही महत्व दिएको पाउन सकिन्छ । पदमार्ग क्षेत्रमा बसोबास गर्ने वासीन्दाको मुख्य आम्दानीको श्रोत होटल व्यवसाय नै हो भने पदमार्गमा नपर्ने गाउँलेहरु निर्वाहमुखी कृषि र पशुपालन गरी जीवनयापन गर्न बाध्य छन् ।

नासोँ गा‍.पा. अन्तर्गतका स्वास्थ्य कार्यालयहरुको विवरण ।

 
क.सं.   स्वास्थ्य चौकीको नाम   सम्पर्क व्यक्ति                सम्पर्क नं.        कै.      
१. धारापानी स्वास्थ्य चौकी, नासोँ-१, ताल, मनाङ धन वहादुर गुरुङ         9846158975          
२. थाेँचे स्वास्थ्य चौकी, नासोँ-५,थोँचे,मनाङ       मिश्री माया गुरुङ 9846461612     
३. ताचै स्वास्थ्य चौकी, नासोँ-८, ताचै, मनाङ रुवी कुमारी 9840021498     
४. नाचै आधारभूत स्वास्थ्य केन्द्र, नासोँ -२, नाचाै, मनाङ सरस्वती गुरुङ 9846786967  
५. खोत्रो आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-३, खोत्रो, मनाङ मन काशी गुरुङ 9841173216  
६. ‍‍‍‌ओडार  आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-४, ओडार, मनाङ‌‍‍ आईत माया वि.क 9846786148  
७. बगरछाप आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-९, बगरछाप, मनाङ शर्मिला घले 9846644143  
८. तिल्चे आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-६, तिल्चे, मनाङ शर्मिला गुरुङ 9841108177  
९.        तिल्चे आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-७, तिल्चे, मनाङ विश्वविवेक मल्ल 9843747855  
 

नासोँ गा.पा.मा भएका प्रर्यटकीय स्थलहरु

  1. ताल गाउँमा अवस्थीत झर्ना, नासोँ-१
  2. आखे कुटु धार्मिक स्थल, नासोँ-१
  3. मार्खै डाँडा, नासोँ १ र नासोँ ४  
  4. डाेना ताल, नासोँ-२
  5. ताम्राङ गुम्वा र नाचै गाउँ जोडने झोलुङ्गे पुल(४१२ मि.), नासोँ -२
  6. पन्कार ताल, नासोँ-७
  7. भिम्थाङ गाउँ, नासोँ-७
  8. नाचै गाउँ होमस्टे, नासोँ-२
  9. ओ‍‍‌डार गाउँ होमस्टे, नासोँ-४
  10. डाफे लेक, नासोँ-४
  11. ताचै गाउँ होमस्टे, नासोँ-८

           

सूचना तथा समाचार

नासोँ गा‍.पा. अन्तर्गतका विद्यालयहरु को विवरण

क्र‍.स‍ं. विद्यालयको नाम विद्यालयका प्र.अ. सम्पर्क नं. कैफियत
१. श्री भानु मा.वि., नासो-१, ताल, मनाङ श्री श्याम कृष्ण पन्त ९८४५३५५६०२  
२. श्री अमर आधारभूत विद्यालय, नासोँ-१, घेराङ, मनाङ श्री प्रेम वहादुर घले ९८४९८३३१३०  
३. श्री मर्स्याङदी आधारभूत विद्यालय, नासोँ-३, खोत्रो, मनाङ श्री टोल प्रसाद ढुंगाना ९८६१४९०२३७  
४. श्री मनसुरी आधारभूत विद्यालय, नासोँ-२, नाचै, मनाङ श्री ठाकुर प्रसाद प‌ंगेनी ९८५७०३९७३८  
५. श्री धारापानी आधारभूत विद्यालय, नासोँ-३, धारापानी, मनाङ श्री रोहित गुरुङ ९८४०१५६५९०  
६. श्री प्रकाशज्योती मा.वि., नासोँ-५, थोँचे, मनाङ श्री पद्मराज पन्थी ९८४६३५२९६१ नासोँ गा‍.पा अन्तर्गत आवसिय विद्यालय
७. श्री सरस्वती आधारभूत विद्यालय, नासोँ-४, ‌‍ओडार, मनाङ श्री  डिमान वहादुर गुरुङ ९८६६०८७५४८  
८. श्री पशुपति आधारभूत  विद्यालय, नासोँ-९, बगरछाप, मनाङ श्री शेर जङ्ग गुरुङ ९८४६७३४२२२  
९. श्री जनविकास आधारभूत विद्यालय, नासोँ-८, ताचै, मनाङ श्री कमलज‌ंग गुरुङ ९८४६७३४२७५  
१०. श्री ज्ञानोदय आधारभूत विद्यालय, नासोँ-९, दानाक्यू, मनाङ श्री विष्णु घले ९८४६७८६२९१  
११. श्री हिमज्योति आधारभूत विद्यालय, नासोँ-८, तिल्चे, मनाङ श्री डिलराम गुरुङ ९८४६१२१५०६  

 

जन प्रतिनिधि

अध्यक्ष
9851140811
dhangrg1692@gmail.com
उपाध्यक्ष
9846121777
karsanggurung31@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
nashongrm@gmail.com
9856049450
पाँचाै तह
magargiman5@gmail.com
9843309859
अ.सव इन्जिनियर
ptamu99@gmail.com
9849993990
बरिष्ठ अधिकृत
बरिष्ठ कार्यक्रम अधिकृत ranabhat.gobinda@gmail.com

Pages

सेवाहरु

सेवा प्रकारः- सेवा
सेवा समयः- सोही दिन ।
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- नासोँ गाउँपालिका
सेवा शुल्कः- नलाग्‍ने ।
आवश्यक कागजातहरुः-

-निवेदन,
-नागरिकताको प्रतिलिपी
-दुई प्रति पासपोर्ट साईजको फोटो

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन वा विशेष परिस्थितिमा ३ दिनसम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिृकत / आर्थिक प्रशासन शाखा / सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- नासोँ गाउँपालिका
सेवा शुल्कः- नलाग्ने ।
आवश्यक कागजातहरुः-

-वडा कार्यालयबाट प्रमाण सहित प्राप्त विवरण (ना.प्र., मृत्युदर्ता, बसाईसराईदर्ता प्रमाणपत्र आदि)

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / दर्ता चलानी शाखा
सेवा दिने कार्यालयः- नासोँ गाउँपालिका
सेवा शुल्कः- विदेशी प्रयोजनमा भएकाले १००० रुपैया ।
आवश्यक कागजातहरुः-

-कन्सुलर प्रमाणित गर्नुपर्ने सम्बन्धित कागजात सहितको निवेदन र सो कागजातको एक प्रतिलिपी

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा
सेवा दिने कार्यालयः- नासोँ गाउँपालिका
सेवा शुल्कः- रु. ८,००० ।-
आवश्यक कागजातहरुः-

-निवेदन -नवीकरण दस्तुर बुझाएको रसीद, -म्याद सकिएको भए कम्पनी / फर्म नवीकरण भएको प्रमाण

-गत आ.व.को कर चुक्ताको प्रमाणपत्र 

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- छानविन उपसमितिको सिफारिस प्राप्त भएपछि ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा
सेवा दिने कार्यालयः- नासोँ गाउँपालिका
सेवा शुल्कः- रु. १०,००० ।-
आवश्यक कागजातहरुः-

-निर्माण व्यवसाय नियमावली, २०५६ को अनुसुची १ बमोजिमको निवेदन, -उद्योग विभागमा उद्योग / फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी, -स्थायी लेखा नम्बर (VAT) दर्ता प्रमाणपत्र, -न्युनतम १ लाख वैँक व्यालेन्स भएको प्रमाण तथा जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपी, -प्रोपाईटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, -प्राविधिक, लेखा र प्रशासनमा काम गर्ने कर्मचारीको विवरण -सम्बन्धित फर्मसँग भएको मेसिनरी उपकरणको स्वामित्व र सोको विमा समेत भएको विवरण पुष्टि हुने कागजात, -छानविन उपसमितिको सिफारिस -उल्लेखित उपकरण ठीक दुरुस्त रहेको कुरा उल्लेखित नेपाल ईन्जिनियर्स एशोसियसनको सदस्यता प्राप्त मेकानिकल ईन्जिनियरको सिफारिस र -दस्तुर बुझाएको रसीद

जानकारी

आवश्यक कागजातहरु:

-निर्माण व्यवसाय नियमावली, २०५६ को अनुसुची १ बमोजिमको निवेदन,
-उद्योग विभागमा उद्योग / फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी,
-स्थायी लेखा नम्बर (VAT) दर्ता प्रमाणपत्र,
-न्युनतम १ लाख वैँक व्यालेन्स भएको प्रमाण तथा जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपी,
-प्रोपाईटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
-प्राविधिक, लेखा र प्रशासनमा काम गर्ने कर्मचारीको विवरण
-सम्बन्धित फर्मसँग भएको मेसिनरी उपकरणको स्वामित्व र सोको विमा समेत भएको विवरण पुष्टि हुने कागजात,
-छानविन उपसमितिको सिफारिस
-उल्लेखित उपकरण ठीक दुरुस्त रहेको कुरा उल्लेखित नेपाल ईन्जिनियर्स एशोसियसनको सदस्यता प्राप्त मेकानिकल ईन्जिनियरको सिफारिस र
-दस्तुर बुझाएको रसीद

जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा
नमुना फाराम तथा अन्य:
प्रक्रिया:

-

लाग्ने समय:
छानविन उपसमितिको सिफारिस प्राप्त भएपछि ।
सेवा दिने कार्यालय:
नासोँ गाउँपालिका
सेवा प्रकार:
सेवा शुल्क:
रु. १,००० ।-
आवश्यक कागजातहरु:

-निवेदन,
-जग्गा धनी प्रमाणपुर्जा भाडामा भए घरवहाल सम्झौता, सञ्चालकको ना.प्र. प्रतिलिपी
-निवेदक स्वयं उपस्थित हुनुपर्ने वा अधिकृत वारेसनामाको प्रतिलिपी
-२ प्रति पासपोर्ट साईज फोटो
-उद्योग भए संधियारको सहमति मुचुल्का

जिम्मेवार अधिकारी:
प्रशासन शाखा‚ लेखा शाखा‚ प्रमुख प्रशासकीय अधिकृत
नमुना फाराम तथा अन्य:
प्रक्रिया:

-

लाग्ने समय:
सोही दिन ।
सेवा दिने कार्यालय:
नासोँ गाउँपालिका
सेवा प्रकार:
सेवा शुल्क:
आर्थिक ऐन अनुसार व्यवसाय करको स्वीकृत दर अनुसार ।

Pages