FAQs Complain Problems

खिल वहादुर कुमाल

नासाेँ गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ ।

नासोँ गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानीय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको ४ नं. प्रदेश अन्तर्गत मनाङ जिल्लाको तल्लो भेगमा अवस्थित छ । साविकका धारापानी‚ ताचैवगरछाप र थोँचे गाविस लगायत ३ वटा गा.वि.स.हरु यसमा समावेश भएका छन । ७०९.५८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नासोँ गाउँपालिकाको जनसंख्या वि.सं. २०६८ को जनगणना अनुसार १९३८ रहेको छ । यस गाउँपालिकाको पूर्वमा गोरखा जिल्ला, पश्चिममा चामे गाउँपालिका र लमजुङ जिल्ला, उत्तरमा नार्पा भूमी गाउँपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा लमजुङ जिल्ला रहेका छन । यस नासोँ गाउँपालिकामा ९ वटा वडाहरु रहेका छन भने यसको केन्द्र नासोँ ३ स्थित साविक धारापानी गा.वि.स.को कार्यालय (२१६० मि.) मा रहेको छ । नासोँ गाउँपालिका नेपालको संघीय संरचना अन्तर्गत प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको मनाङ जिल्ला अन्तर्गतको प्रदेश सभा “क” निर्वाचन क्षेत्र भित्र पर्दछ । यस क्षेत्र पर्यटकीय पदयात्राका दृष्टिकोणले महत्वपुर्ण रहेको छ । वर्षेनि हजारौँको संख्यामा स्वदेशी र विदेशी पर्यटकहरु मनाङ जिल्ला प्रवेश गर्ने द्वारको रुपमा यस गाउँपालिकालाई लिन सकिन्छ । अन्नपुर्ण संरक्षण क्षेत्र पदयात्रा, लार्केपास मनासलु पदयात्रा तथा माथिल्लो मनाङ पदयात्राका लागि यस गाउँपालिका क्षेत्र भएर यात्रा गर्नुपर्दछ । यस गाउँपालिका भित्र पर्यटकको सेवालाई मध्यनजर राख्दै विभिन्न सुविधासम्पन्न होटल, लज तथा गेष्टहाउसहरु सञ्चालनमा छन् । ग्रामीण भेग भएका कारण शहरी सुविधा भन्दा पनि गाउँले परिवेशमा रमाउने तथा पदयात्राको मज्जा लिन चाहने प्रकृतिप्रेमीका लागि मनाङ अनुपम गन्तब्य हो । यस गाउँपालिकामा विशेष गरी वौद्ध र हिन्दु धर्म मान्ने धर्मावलम्बीको हिस्सा उच्च रहेको पाउन सकिन्छ । गुरुङ जातीको बाहुल्यता भएपनि पुनेल, वि.क.लगायतका जातीहरु पनि रहेको यस गाउँपालिकाका अधिकांश जनताले गुरुङ भाषा बोल्ने गर्दछन् । बेशीसहर–चामे सडक खण्डमा पर्ने यस गाउँपालिकामा सडक यातायातले छोएपनि कच्ची साँघुरो र अत्यन्तै अप्ठ्यारो ग्रामीण सडक भएका कारण यात्रा गर्न त्यति सहज भने छैन । सञ्चारको हिसाबले नेपाल टेलिकमको जि.एस.एम. र सि.डी.एम.ए.मोबाईल सेवाको सुविधा पुगेको अवस्था छ भने प्राईभेट कम्पनीहरुले ईन्टरनेट सेवा पुर्याइरहेका छन् । एकाध ठाउँमा बाहेक अधिकांश जनताले विद्युतको सुविधा उपभोग गरीरहेका पाउन सकिन्छ । खानेपानी तथा सरसफाईको अवस्थालाई हेर्दा कुल जनसंख्याको करिब आधा हिस्साले यो सुविधा उपभोग गरिराखेको अवस्था छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भने आशातीत रुपमा विकाश हुन सकेको छैन । कृषियोग्य जमिनको उपलब्धता अत्यन्तै कम रहेको कारण यहाँ कृषि उपज उत्पादन ज्यादै न्युन भएतापनि पशुपालन व्यवसायलाई भने यहाँका कृषकहरुले केही महत्व दिएको पाउन सकिन्छ । पदमार्ग क्षेत्रमा बसोबास गर्ने वासीन्दाको मुख्य आम्दानीको श्रोत होटल व्यवसाय नै हो भने पदमार्गमा नपर्ने गाउँलेहरु निर्वाहमुखी कृषि र पशुपालन गरी जीवनयापन गर्न बाध्य छन् ।

नासोँ गा‍.पा. अन्तर्गतका स्वास्थ्य कार्यालयहरुको विवरण ।

 
क.सं.   स्वास्थ्य चौकीको नाम   सम्पर्क व्यक्ति                सम्पर्क नं.        कै.      
१. धारापानी स्वास्थ्य चौकी, नासोँ-१, ताल, मनाङ धन वहादुर गुरुङ         9846158975          
२. थाेँचे स्वास्थ्य चौकी, नासोँ-५,थोँचे,मनाङ       मिश्री माया गुरुङ 9846461612     
३. ताचै स्वास्थ्य चौकी, नासोँ-८, ताचै, मनाङ रुवी कुमारी 9840021498     
४. नाचै आधारभूत स्वास्थ्य केन्द्र, नासोँ -२, नाचाै, मनाङ सरस्वती गुरुङ 9846786967  
५. खोत्रो आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-३, खोत्रो, मनाङ मन काशी गुरुङ 9841173216  
६. ‍‍‍‌ओडार  आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-४, ओडार, मनाङ‌‍‍ आईत माया वि.क 9846786148  
७. बगरछाप आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-९, बगरछाप, मनाङ शर्मिला घले 9846644143  
८. तिल्चे आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-६, तिल्चे, मनाङ शर्मिला गुरुङ 9841108177  
९.        तिल्चे आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-७, तिल्चे, मनाङ विश्वविवेक मल्ल 9843747855  
 

नासोँ गा.पा.मा भएका प्रर्यटकीय स्थलहरु

  1. ताल गाउँमा अवस्थीत झर्ना, नासोँ-१
  2. आखे कुटु धार्मिक स्थल, नासोँ-१
  3. मार्खै डाँडा, नासोँ १ र नासोँ ४  
  4. डाेना ताल, नासोँ-२
  5. ताम्राङ गुम्वा र नाचै गाउँ जोडने झोलुङ्गे पुल(४१२ मि.), नासोँ -२
  6. पन्कार ताल, नासोँ-७
  7. भिम्थाङ गाउँ, नासोँ-७
  8. नाचै गाउँ होमस्टे, नासोँ-२
  9. ओ‍‍‌डार गाउँ होमस्टे, नासोँ-४
  10. डाफे लेक, नासोँ-४
  11. ताचै गाउँ होमस्टे, नासोँ-८

           

फोन: 
९८४६११९२७३
Section: 
लेखा

Budget, Income & Expenses